अभिनेत्री रेखा थापाको फिल्म ‘मालिका’ लाई नेपालका लागि संयूक्त राष्ट्र संघको जनसंख्या कोष (यूनएफपिए नेपाल) ले प्रशंसा गरेको छ । आफ्नो आदिकारिक ट्विटर मार्फत अभिनेत्री रेखा थापा निदेर्शित फिल्मको तारिफ गरेको हो ।

’लैङिक विभेदको उजागर गर्दै कसरी लैगिकंतामा आधारित हिंसाले नेपाल समाजलाई विभिन्न तरिकाले प्रभावित पारेको छ ।’ उसले ट्वीटमा लेखेको छ ।
फिल्मलाई रेखाले निर्माणसँगै निर्देशन पनि गरेकी हुन् । फिल्ममा उनी शीर्ष भूमिका छिन् । फिल्ममा रेखासंगै जाजरकोटकी १५ वर्षिया कमला ओलीको मुख्य भूमिका रहेको छ ।

महिला सशक्तिकरणको लागि फिल्म ‘मालिका’ मार्फत आफुले आवाज उठाएको निर्देशक र नायिका रेखा थापाको भनाइ रहेको छ । फिल्म अहिले प्रदर्शन भैरहेको छ ।

For More videos Log on to Mazzako TV