‘प्रेमलीला’ को ‘तक्लु ब्युटी कन्टेस्ट’
माघ २५ गतेबाट अलनेपाल समर्वजनिक प्रदर्शनको तयारी गरेको फिल्म ‘प्रेमलीला’ ले आफ्नो प्रोमोसनलाई सुरु गरेको छ । प्रचारलाई अघि बढाउँने उद्धेश्य फिल्म निर्माण यूनिटले ‘तक्लु ब्युटी कन्टेस्ट’ को आयोजाना गर्ने भएको छ ।
तक्लु बन्दाको फरक अनुभब र महिलाको सुन्दरता हेर्ने नजरको महसुस गरेकी छु’, फिल्ममा तक्लु बनेकी फिल्मकी नायिका तथा निर्मात्री दीपशिखा खड्काले बताइन् ।’ त्यो अनुभव सबैसंग साट्नका लागि ’तक्लु ब्युटी कन्टेस्ट’ आयोजना गर्न लागेको उनको भनाई थियो ।
प्रतियोगितामा महिलाहरु मात्र सहभागी हुन सक्नेछन् । सहभागिताका लागि फिल्मको अफिसियल फेसबुक पेज (प्रेम लीला – Prem Leela- The movie – www.facebook.com/Premleelaa ) लाइक गरी आफ्नो कन्ट्याक्ट डिटेल्स सहित तक्लु मेकअप गरेको फोटो पठाउनु पर्ने छ । प्राप्त फोटोहरुलाई संकलन गरेर उत्कृष्ट १० फोटो छानेर अन्तिम प्रतिस्पर्धा गराइनेछ । अन्तिम १० लाई निर्णायक तहमा लगेर निर्णयकको निर्णय अनुसार प्रथम हुनेलाई रु ५०,००० दोश्रो हुनेलाई रु २५,००० र तेश्रो हुनेलाई १०,००० नगद पुरस्कार प्रदान गरिनेछ ।
दीपशिखाकै कथा रहेको फिल्ममा इण्डो नेपाल लभ स्टोरी समेटिएको छ । फिल्ममा खड्कासंगै भारतीय मोडल अलि खान मुख्य भूमिकामा छन् । उनको यो डेब्यु नेपाली फिल्म हो । फिल्ममा निर्देशन जनक पाण्डेको रहेको छ भने छायांकन पवन गौतमले गरेका हुन् । फिल्ममा महेश खड्का, नबिन कार्की र रबिराज शाहको संगीत, राजेश पायल राइ, शोभा पाण्डे र भारतीय गायक राजा हसनको स्वर रहेको छ ।
फिल्ममा दीपशिखा र अलीसंगै सुरज तमु, रेखा शाह, शर्मिला शर्मा, भारतीय कलाकारहरु अर्चना शुक्ला, ट्वीकंल श्रीवास्तव लगायतको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV