पौष २९ गतेलाई प्रर्दशन मिती तय गर्दै फिल्म ‘भिलेन’ ले एक साथ दुई पोस्टर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएका दुई पोस्टरमा अभिनेता निखिल उप्रेतीलाई मज्जाले देखाईएको छ । द ग्लोबल पिक्र्चस प्रा.लिको ब्यानरमा कपिल खत्री प्रस्तुतकर्ता रहेको फिल्म ‘भिलेन’ लाई बलबहादुर श्रेष्ठ सितलले निर्माण गरेका हुन् । फिल्ममा दिपक श्रेष्ठ, सुरज खड्का र मधु केसी कार्यकारी निर्माता सँगै राजकुमार श्रेष्ठ सह निर्माताको रुपमा रहेका छन् ।

निखिल उप्रेती, शिल्पा पोख्रेल, निशा अधिकारी र कपिल खत्रीको मुख्य भुमिका रहेको फिल्मलाई देबेन्द्र पाण्डेले निर्देशन गरेका हुन् । फिल्ममा मौनता श्रेष्ठको लेखन, सौरभ लामा, मदन कस्यप घिमिरेको छायांकन, मिलन श्रेष्ठ शाहिल खानको सम्पादन, बसन्त सापकोटा, बाबुल गिरि, लालकुमार बरालको संगीत, सुक्रराज शाहको द्धन्द, दिपेन्द्र तिमल्सिना, दिपक श्रेष्ठको कोरीयोग्राफी रहेको छ । फिल्मलाई श्रीराम बालाजी फिलिम्सको तर्फबाट सुनिल मानन्धरले बितरण गर्दैछन् ।

For More videos Log on to Mazzako TV