सफल भएको सोच्दैनन् आकाश
अभिनेता आकाश श्रेष्ठले आज आफ्नो २५ औं जन्मदिन मनाए । आकाश श्रेष्ठले आधा दर्जन सिनेमामा काम गर्दा नै उनलाई नेपाली फिल्मको उदाउँदो स्टारको रुपमा हेर्न थालिएको छ । उनै, आकाश श्रेष्ठलाई भने आफू अहिले नै सफल भएको छु जस्तो लाग्दैन ।

आकाशका अनुसार, उनले सिनेमा क्षेत्रमा लागेर अहिले नै धेरै कुरा कमाई सकेका छैनन् । यसका लागि उनलाई अझै पनि धेरै मिहिनेत गर्नुपर्नेछ । आकाशले सफलता पाउनका लागि अझै पनि धेरै मिहिनेत गर्न आवश्यक रहेको बताएका छन् । रामकहानी सिनेमा चलेपछि आकाशको चर्चा बढेको हो ।
उनले अभिनय गर्न लागेको विर विक्रम २ चाडै नै छायांकनमा जाँदैछ । आकाशलाई अहिले निर्माताले पहिलो रोजाइमा राख्न थालेका छन् ।
आकाशलाई जन्मदिनको मज्जाको शुभकामना ।
For More videos Log on to Mazzako TV








