केकीको कन्याकुमारी
अभिनेत्री केकी अधिकारी नयाँ सिनेमा निर्माणमा लागेकी छिन् । केकी अधिकारीको प्रस्तुतिमा तयार हुन लागेको नयाँ सिनेमाको नाम कन्याकुमारी राखिएको छ । यो सिनेमालाई कोहलपुर एक्सप्रेसका निर्देशक विशाल भण्डारीले नै निर्देशन गर्दैछन् ।

केकी अधिकारीले बनाएको कोहलपुर एक्सप्रेसले मिश्रित प्रतिक्रिया पाएको थियो । केकीले बनाउन लागेको कन्याकुमारीलाई पनि महिलाको बिषयमा बनाउने बताइएको छ । यो सिनेमामा ५ जना अभिनेत्री रहने वुझिएको छ । कोहलपुर एक्सप्रेसकै प्रियंका कार्की, ऋचा शर्मा पनि फिल्ममा हुन सक्ने वुझिएको छ ।
तर, निर्देशक विशाल भण्डारीले कोही पनि कलाकार फाइनल नगरिएको बताएका छन् । यो सिनेमाको हाल धमाधम कथा लेख्ने काम भैरहेको छ । कथा सकिएपछि मात्र कलाकार फाइनल गरिने केकीले बताइन् । सामाजिक बिषयलाई कमेडी रसको माध्यमबाट प्रस्तुत गर्ने केकीको तयारी छ ।
For More videos Log on to Mazzako TV








