थाइल्याण्ड पुगेपछि दीपिकालाई बोल्ड बन्ने रहर

नेपालमा रहँदा साधारण पहिरनमा कार्यक्रममा पुग्ने गरेकी र साधारण कुरा गर्ने गरेकी अभिनेत्री दीपिका प्रसाई अहिले हनिमुन मनाउन थाइल्याण्डमा छिन् ।

उनी आफ्ना इन्गेजमेन्ट प्रेमी दिवाकर भट्टराइको साथमा थाइल्याण्ड पुगेकी हुन् । थाइल्याण्ड पुगेपछि भने दीपिका र दिवाकरको प्रेम मात्र झल्किएको छैन, मस्ती पनि छताछुल्ल समाजिक संजालमा पोखिएको छ । दीपिका प्रसाई थाइल्याण्ड पुगेपछि निकै नै हट बनेकी छिन् ।

उनले दिवाकरसँगको रोमान्सको तस्बिर सार्वजनिक गरिरहेकी छिन् । अधिकांश तस्बिरमा दीपिका मस्ती मुडमा देखिएकी छिन् । कोर्ट म्यारिज गरेको यो जोडीले आफूलाई यति धेरै खुलाएको यो पहिलो पटक हो ।
For More videos Log on to Mazzako TV








