प्रदीप र जसिताको ‘लभ स्टेशन’ दार्जिलिङ, इलाम हुदैँ काठमाण्डौँमा

प्रदीप खडका र जसिता गुरुङ अभिनित फिल्म ‘लभ स्टेशन’ को दार्जिलिङ, कालिङपोङ, खार्साङ, मिरिक र पशुपतिनगरको छायांकन सकेर काठमाण्डौँ फर्किएको छ । टोली इलामको पशुपतिनगरमा एक हप्ताको सुटिङ सकेसंगै काठमाण्डौ फर्किएको हो । हाल फिल्मको बाँकी छायांकनको कार्य भइरहेको छ । फिल्मलाई निर्देशक उज्जवल घिमिरेको निर्देशन गर्दैछन् ।

लक्ष्मी पुजासम्म करिब ९० प्रतिशत छायांकन सक्ने निर्माता गोविन्द शाही बताउाछन् । तिहारपछि बाँकी एउटा गीत मनाङको विभिन्न सुन्दर स्थानमा र एउटा गीत जापानमा खिचेसंगै छायांकन सकिने उनले बताए । ‘लभ स्टेशन’ लाई सांगीतिक लभ स्टोरी कथामा आधारित पारिवारिक फिल्म रहनेछ । काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले फिल्म निर्माण गरेका हुन् ।

फिल्ममा प्रदीप, जसितासंगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल लगायत अभिनय छ । फिल्ममा आलोक शुक्लाको छायांकन, शम्भुजीत बाँस्कोटा, दीपक शर्मा, राजनराज शिवाकोटी र एलिश कार्कीको संगीत छ । अभिनेता खड्का फिल्ममा गायकको भूमिकामा छन् । लभ स्टेशनलाई यो बर्षको अन्तिम सम्ममा प्रदर्शन गरिने बताइएको छ ।









