अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह र अभिनेता प्रदिप खड्का कहिले पर्दामा जोडिएलान् ? यी दुइलाई सिनेमामा हेर्न चाहने दर्शकको संख्या धेरै छ । तर, यी दुइलाई पर्दामा जोडी बनाउन भने निर्मातालाई फलामको चिउरा चपाए जस्तै भैसकेको छ । प्रदिप र साम्राज्ञी जोडिएको भए लभ स्टेशन, छक्का पन्जा २ मा जोडिन सक्थे ।

तर, दुबै सिनेमामा यी दुई जोडिएनन् । प्रदिप र साम्राज्ञीलाई लिएर फिल्म बनाउने निर्देशक हेमराज वीसीको चाहना पनि पुरा हुने छनक छैन । प्रदिपलाई आफ्नो नयाँ सिनेमामा साइन गराइसकेका हेमराज साम्राज्ञीलाई सिनेमा बनाउन चाहन्थे ।

तर, साम्राज्ञीलाई गरिएको अफर उनले स्विकार गर्ने संभावना नरहेको वुझिएको छ । साम्राज्ञी र प्रदिपले डीस होमको विज्ञापनमा काम गरेका छन् । उनीहरु सँगै सिनेमा गर्न पनि चाहन्छन् । तर, खै किन साम्राज्ञी प्रदिपसँग सिनेमामा जोडिन चाहिरहेकी छैनन् ।

For More videos Log on to Mazzako TV