फरक भूमिका खोज्ने नम्रता
अभिनेत्री नम्रता श्रेष्ठ अभिनित सिनेमा प्रसादको ट्रेलर रिलिज भयो । यो सिनेमाको ट्रेलरमा नम्रता सन्तान नहुँदाको पीडामा छटपटिएकी छिन् । नम्रता श्रेष्ठले प्रसादमा पनि आफूलाई नयाँ भूमिकामा ढालेकी छिन् । नम्रता श्रेष्ठ थोरै सिनेमा गर्ने तर फरक भूमिका गर्ने अभिनेत्रीको रुपमा परिचित छिन् ।

नम्रता थोरै मात्र अभिनेत्रीको सूचीमा पर्छिन्, जो फरक भूमिकामा काम गर्न रुचाउँछिन् । उनले काम गरेको फिल्म क्लासिकबाट उनले राष्ट्रिय अवार्ड समेत जितेकी थिइन् । नोभेम्बर रेन, पर्व, क्लासिक लगायतका सिनेमामा उनले फरक भूमिका गरेकी छिन् । यतिमात्र होइन, उनले अभिनय गरेको जायरा सिनेमा रिलिज हुँदैछ । यो सिनेमामा उनी बक्सरको भूमिकामा छिन् ।
बक्सरको भूमिकाका लागि उनले कपाल मात्र काटिनन्, बक्सिङ नै सिकिन् । थोरै अभिनेत्रीले गर्ने मिहिनेत नम्रतामा पनि देखिन्छ । उनी जहिले पनि सिनेमामा फरक भूमिका खोज्छिन् ।
For More videos Log on to Mazzako TV








