नम्रता र विपिन बिचमा निश्चल भिलेन (‘प्रसाद’ ट्रेलर)
अभिनेत्री नम्रता श्रेष्ठ र अभिनेता विपिन कार्की अभिनित फिल्म ‘प्रसाद’ को ट्रेलर रिलिज गरिएको छ । निश्चल बस्नेतको प्रमुख भूमिका रहेको फिल्मको ट्रेलर शुक्रवार चर्चित रियालिटी शो नेपाल आइडलबाट रिलिज गरिएको हो ।

नेपाल आइडलमा सहभागी निर्देशक दिनेश राउत र अभिनेता बस्नेत पुगेका थिए । सन्तान नहुँदा श्रीमान–श्रीमतीबीच उत्पन्न हुने मनमुटावलाई ट्रेलरमा देखाइएको छ । विपिन र नम्रताको बैबाहिक जीवनमा अभिनेता निश्चल भिलेन बनेर आएको बझ्न सकिन्छ ।
मंसिर २१ गतेबाट प्रदर्शनमा आउने ‘प्रसाद’ लाई पत्रकार सुशील पौडेलले लेखेका हुन् । सुवाष थापा इन्टरटेनमेन्टको ब्यानरमा बनेको ‘प्रसाद’ लाई राजेश श्रेष्ठले खिच्नेका हुन् । लोकेश बज्रचार्यको सम्पादन रहेको फिल्ममा विकास सुवेदी सह(निर्देशकका रुपमा छन् ।
For More videos Log on to Mazzako TV








