आज शुक्रबार २ नेपाली फिल्म अलनेपाल सार्वजनिक प्रदर्शनमा आएका छन् । रेखा थापाको अभिनय तथा निर्माण रहेको फिल्म ‘मालिका’ र मल्टिस्टार कलाकारले भरिएको फिल्म ‘चंगा चेट’ प्रदर्शनमा आएका हुन् ।


फिल्म ‘चंगा चेट’ मा प्रियंका काकीर्, आयुष्मान देशराज जोशी, परमिता आरएल राना, सन्दिप क्षेत्री, सुरक्षा पन्त र रबिन्द्र झा मुख्य भुमिकामा रहेका छन् । फिल्मको ‘गोजीमा दाम छैन्’ बोलको गीत हिट भैसकेको छ । दिपेन्द्र के खनाल निर्देशित फिल्ममा माधव वाग्ले र शर्मिला पाण्डेले लागानी गरेका हुन् । फिल्मलाई प्रदीप भारद्वाजले लेखेका हुन् ।

रेखा आँफैले निर्देशन गरेको यो चलचित्रमा नारी विभेदलाई समेटीएको छ । नरबहादुर कार्कीको लगानी रहेको फिल्ममा सरस्वती थापा र तारा थापा समेत निर्माताको रुपमा रहेका छन् ।
फिल्ममा कर्णालीकी कमला वलीले रेखालाई साथ दिएकी छिन् भने रेखाले कमलालाई आफ्नो फिल्मको हिरोको रुपमा प्रस्तुत गराएकी छन् । रेखा फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा रामशरण उप्रेतीको छायांकन, शिवम अधिकारीको पटकथा रहेको छ भने फिल्मको कथा तथा कन्सेप्ट रेखा थापा र नर बहादुर कार्कीको हो ।

For More videos Log on to Mazzako TV