‘चौका दाउ’ चलचित्रको दोश्रो गीत सार्वजनिक भएको छ । ‘मेरो माया कतारमा’ बोलको गीतमा सोनिका केसीको बोल्ड अबतार देख्न सकिन्छ । साथमा अभिनेत्री बर्षा राउतले पनि ठुम्का लगाएकी छिन्।

सम्भुजिता बाँस्कोटाको संगीत रहेको गीतमा श्रीपुरुष ढकालको शब्द र सम्भुजितसँगै सुमन गुरुङको स्वर रहेको छ । कोरियोग्राफी बसन्त श्रेष्ठको छ । पुर्णेन्द्रु झाको निर्देशन रहेको ‘चौका दाउ’मा बर्षासँगै सन्तोष पन्त, ताइयाव शाह, विल्सनबक्रम राई, रविन्द्र झा, निर्मल शर्मा, अजाश्र ढुङ्गाना लगायतलाई अभिनयमा देख्न सकिन्छ । सम्भुजित बाँस्कोटाको कथामा तयार भएको ‘चौका दाउ’लाई दिर्घ गुरुङले खिचेका छन् ।

 

For More videos Log on to Mazzako TV