निश्चलको स्वर स्वस्तिमाको ठुम्का ‘खुद्राखुद्री माँया’ (भिडियो)
नेपाली चलचित्र ‘बुलबुल’को पहिलो गीत सार्वजनिक भएको छ ।‘खुद्राखुद्री’ बोलको गीतलाई फ्ल्यास मोब शैलीमा सार्वजनिक गरिएको हो । भिडमा रहेका कलाकार अचानक गीत बजेसँगै एक जुट भएर नाच्नुलाई फ्ल्यास मोब शैली भनिन्छ । निर्माण युनिटले काठमाडौको काठमाडौं मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्सबाट फ्ल्यास मोब शैलीमा गीत रिलिज गरिएको हो ।

काठमान्डौ मलमा अभिनेत्री स्वस्तिमा खड्का सहितको टोलीले फ्ल्यास मोब शैलीमा नृत्य गरेका थिए । फिल्ममा स्वस्तिमा टेम्पो ड्राइभरको भूमिकामा देखिनेछिन । यसगीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको रचना र संगीत कोशिस क्षेत्रीले गरेका हुन् र यसलाई कविराज गहतराजले कोरियोग्राफ गरेका हुन् ।
गीतमा स्वस्तिमा खड्का र अभिनेता मुकुन भुसाल नाचेका छन् । विनोद पौडेलको निर्देशनमा तयार भएको फिल्ममा स्वस्तिमा र मुकुनसँगै बुद्धि तामाङ ,दिपक क्षेत्री ,लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्जल अधिकारी ,सृष्टि भट्टराई आदिको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV







