दीपिका र दीवाकरको रोमान्स थाइल्याण्डमा
केही साता अगाडि इन्गेजमेन्ट गरेका दीपिका प्रसाईँ र दीवाकर भट्टराईको जोडी अहिले थाइल्याण्डमा हनिमुन टुरमा छ । यस जोडीले केहि समय अघी मात्रै फेसबुकमार्फत् प्रेम स्विकार गर्दै एकअर्काको अंगालोमा कसिएको तश्बिर सेयर गरेका थिए ।
मंसिरपछि बिहे गर्ने तयारीमा रहेका उनीहरु अहिले पर्यटकिय गन्तब्य थाइल्याण्डमा रमाइरहेका छन् । फेसबुकमा तश्बिर राखेकै राती यो जोडी थाइल्याण्ड उडेका थिए । दीपिकाले हुनेवाला श्रीमान तथा निर्देशक दीवाकरसँग खिचेका निकै रोमान्टिक तश्बिरहरु फेसबुक स्टोरीमा शेयर गरेकी छिन् ।

एक तश्बिरमा दुईले एकअर्कालाई चुम्बन गरेका छन् । उनिहरु दीपिकाको डेब्यु फिल्म ‘ऐश्वर्य’को सेटबाट नजिक भएका थिए । ‘ऐश्वर्य’ हिट भएपछी यो जोडीको प्रेम चर्चा बढ्यो, अहिले दिपिका अभिनित छक्का पन्जा-३ निकै चल्यो अनि उनिहरुले बिहेको जानकारी पनि सार्बजनिक गरे । दीवाकर निर्देशित ‘क्याप्टेन’ फागुनमा रिलिज हुँदैछ जसमा अनमोल केसीको अभिनय रहेको छ ।
For More videos Log on to Mazzako TV







