छोड्दा छोड्दा साम्राज्ञीलाई घाटा त लागेन ?
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले आफ्नो छोटो करिअरमा पाएको सफलता मिठो छ । तर, उनले यो छोटो करिअरमा धेरै सिनेमा छोडिन् भने कम सिनेमामा काम गरिन् । उनले, छक्का पन्जा २, छक्का पन्जा ३ जस्ता सिनेमा पनि छाडिन् । साम्राज्ञी आफै सिनेमा चलाउने दम राख्छु भन्ने सोचमा छिन् । यही भएर पनि उनी भिडका सिनेमा गर्दिनन् ।

तर, कतै सिनेमा छाड्दा छाड्दा उनलाई घाटा त लागेको छैन ? किनकी, अधिकांश निर्मातालाई चिड्याउने, आफूले काम गरेका सिनेमाका निर्मातासँग फेरि काम गर्ने वातावरण बनाउन नसक्नु आदिले गर्दा साम्राज्ञीलाई घाटा लागेको देखिन्छ । अहिले साम्राज्ञी जीम धाइरहेकी छिन् । उनको हातमा सिनेमा छैन । उनले नयाँ सिनेमा कस्तो गर्ने भनेर प्रतिक्षा गरिरहेकी छिन् । तर, हरेक जनरामा जान नसक्दा उनलाई कहिले के गर्ने के नगर्ने अवस्था आएको छ ।
For More videos Log on to Mazzako TV







