अब ‘द ब्रेकअप’ मा ‘आज हाम्रो भेट भाको दिन’ गीत (भिडियो)
हेमराज बिसी निर्देशित फिल्म ‘द ब्रेकअप’ को पुरानो गीतलाई रिमेक गरेर गीत सार्वजनिक गरिएको छ । फिल्म ’ज्वाला’ मा समावेश ‘आज हाम्रो भेट भाको दिन’ बोलको गीतलाई रिमेक गरेर सार्वजनिक गरिएको हो । उक्त पुरानो भर्सनमा अभिनेता सरोज खनाल र अभिनेत्री कृष्टि मैनालीलको नृत्य गरेका थिए ।

पौष २७ गते रिलिज हुने फिल्मको सार्वजनिक नयाँ भर्सन गीतमा विराज गौतम र मेलिना राईको स्वर सुन्न सकिन्छ । ‘ओर्जिनल भर्सन’ मा बुद्धवीर लामाको शब्द, शिला बहादुर मोक्तानको संगीत, आशा भोस्ले र उदितनारायण झाले स्वर दिएका थिए ।

कविराज गहतराजको मज्जाको कोरियोग्राफी रहेको भिडियोमा सरोज खनालसँगै आशिरमान देशराज जोशी, शिल्पा मास्के, रेमनदास श्रेष्ठ, इच्छा कार्कीले मज्जाको नृत्य गरेका छन् । नरेन्द्र मैनालीको छायांकन रहेको फिल्मलाई रुपक थापा, दीपक खतिवडा, रेनु रानासंगै निर्देशक बिसीले मिलेर निर्माण गरेका हुन् । फिल्ममा सुरेन्द्र पौडेलको सम्पादन रहेको छ ।
For More videos Log on to Mazzako TV







