राजनराज फिल्म चंगाचेटमा समावेश गोजीमा दाम छैन बोलको गीत युटुबमा हिट छ । यो गीतलाई डेढ करोड बढी भ्यूज पनि मिलेको छ । यसैले पनि यो गीत हिट भएको भनेर सेलिव्रेशन गरिएको छ । राजधानीमा केक काटेर सेलिव्रेशन गरिएको हो ।

गीतले डेढ करोड भ्यूज मात्र पाएको छैन, फिल्मको व्यापारमा पनि फरक पार्ने छनक देखाएको छ । यो सिनेमाको केक काट्ने कार्यक्रममा संगीतकार राजनराज सिवाकोटीलाई निर्माता माधव वाग्लेले ५० हजारको चेक प्रदान गरेका थिए । गीत हिट भएको भन्दै उनले संगीतकारलाई उपहार दिएका हुन् । यो सिनेमामा दिपेन्द्र के खनालको निर्देशन छ ।

माधव वाग्ले र शर्मिला पाण्डे सिनेमाका निर्माता हुन् । सिनेमामा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, परमिता आर एल राणा, रविन्द्र झा, सुरक्षा पन्त, सन्दिप क्षेत्रीलाई दर्शकले कमेडी अवतारमा देख्न सक्नेछन् । राजनराजले यसअगाडि पनि एउटा गीत हिट भएपछि निर्माताबाट बाइक उपहार पाएका थिए ।

For More videos Log on to Mazzako TV