अभिनेत्री परमिता आर एल राणा फेसन रुचाउँछिन् । मोडलिङबाट आएकै कारण परमितालाई फेसनमा अझ बढी रुची लागेको हो । परमिता आर एल राणाले अहिले कपालको नयाँ स्टाइल बनाएकी छिन् । उनलाई यो स्टाइलमा उनका साथीहरुले जापानीज जस्तो देखिएको पनि बताएका छन् । तर, परमिता भने आफूलाई समय समयमा स्टाइल परिवर्तन गर्न मन लागेको बताउँछिन् ।

नयाँ सिनेमा चंगाचेटका लागि दौडधुप गरिरहेकी परमिता यो सिनेमाले गहकिलो कथावस्तु बोकेको बताउँछिन् । परमिता आर एल राणाले केही दिन अगाडि जन्मदिनमा प्रेमीले औठी लगाइदिदा उनको इन्गेजमेन्ट नै भएको खबर आएको थियो ।

राणाले भने आफूले अहिले नै बिहे नगर्ने बताइन् । नेपाली फिल्ममा परमिता अहिले चर्चित बन्दै गइरहेकी छिन् । उनको काम र अभिनयलाई दर्शकले रुचाएका पनि छन् ।

For More videos Log on to Mazzako TV