सुरु भयो प्रेमदिवस
योगेश घिमिरेको निर्देशनमा तयार हुन लागेको फिल्म प्रेमदिवसको छायांकन सुरु गरिएको छ । यो सिनेमालाई संजय न्यौपानेले निर्माण गर्दैछन् ।
सिनेमाको छायांकन केही दिनदेखि झापाको रमणिय स्थानमा भैरहेको छ । अभिनेत्री प्रियंका कार्कीले नेटवर्क नै नआउने गाउँमा सिनेमाको छायांकन भैरहेको उल्लेख गरेकी छिन् ।
यो सिनेमामा प्रियंका कार्की, आयुष्मान देशराज जोशीको मुख्य भूमिका छ । निर्देशक घिमिरेले म्यूजिकल लभ स्टोरी कथामा यो सिनेमा बनाउन लागेको बताएका छन् ।
आयुष्मान र प्रियंकाले अहिले एकैसाथ काम गर्न थालेका छन् । इन्गेजमेन्ट गरेपछि यी दुइलाई फिल्ममा जोडीको रुपमा नै बढी हेर्न पाइन्छ ।