कात्तिक ३० गतेबाट प्रदर्शनबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँने फिल्म ‘गुनगुन’ को दोस्रो गीत सार्वजनिक भएको छ । प्रदीप भट्टराईको शब्द, विकास चौधरीको सङ्गीत, मेलिना राई र दौलत राईको स्वर रहेको ‘चम्क्यो तारा’ बोलको गीत सार्वजनिक भएको हो । सार्वजनिक गीतमा चलचित्रका मुख्य कलाकार संचिता लुइँटेल र सन्नी ढकालको मज्जाको अभिनय देख्न सकिन्छ । भिडियोलाई रामजी लामिछानेले कोरियोग्राफी गरेका हुन् ।


प्रार्थना फिल्मस्को ब्यानरबाट बनेको फिल्मका पुकार भट्टराईले निर्देशक हुन् । फिल्ममा संचिता र सन्नीसंगै पुकार भट्टराई, सुवास मेचे, रविन्द्र प्रताप सेन, नविन श्रेष्ठ लगायतका कलाकारको अभिनय रहेको छ ।सौरभ लामाको छायाँकन रहेको फिल्ममा हिमाल केसीको एक्सन, अर्जुन जीसीको सम्पादन रहेको छ ।

For More videos Log on to Mazzako TV