जितुको मुन्द्रेको कमेडी क्लबमा दीपा
नेपाल टेलिभिजनमा हाँस्य सिरियल जिरे खुर्सानीको साथमा लामो समय दर्शकलाई हसाँएका हाँस्य कलाकार जितु नेपाल अब नयाँ रियालिटी शो मार्फत दर्शकमाँझ आउने भएका छन् ।

उनले मुन्द्रेको कमेडी क्लब चाडै नै ल्याउन लागेका हुन् । यो शोमा उनको साथमा हाँस्य कलाकार दिपाश्री निरौला, राजाराम पौडेल लगायत पनि जोडिएका छन् । यो शो चाडै आउने बताइएतापनि कहिलेबाट सुरु हुन्छ जानकारी गराइएको छैन ।
यो शोमा दर्शकले कमेडी, विभिन्न सेलिव्रेटीसँगको कुराकानी रमाइलो पारामा हेर्न पाउनेछन् । यो शोलाई लिएर आफू उत्साहित रहेको मुन्द्रेले बताएका छन् ।
For More videos Log on to Mazzako TV







