फिल्म प्रचारमा सुस्ताए दुई शक्तिशाली मेकर
शुक्रबारदेखि २ वटा सिनेमा हलमा लाग्दैछन् । यसैले पनि यी दुइ सिनेमाको प्रचार जोडतोडका साथ हुनुपर्ने हो । तर, यस्तो लाग्दैछ नयाँ नेपाली सिनेमा बजारमा नै छैन । फिल्म चंगाचेटमा ६ जना कलाकार छन् । यसमा पनि यो सिनेमा चर्चित निर्माता माधव वाग्लेको हो ।

माधव वाग्ले सिनेमा प्रचार गर्न माहिर मानिन्छन् । तर, यसपटक उनी नुन खाएको कुखुरा जसरी झोक्राएका छन् । माधव वाग्लेको सिनेमाको प्रचार सुनसान छ । अभिनेत्री रेखा थापा पनि आफ्नो सिनेमाको प्रचारमा फन्डा मच्चाउन लागिपर्थिन् । तर, यसपटक रेखा पनि चुप छिन् । रेखाको मालिका पनि चंगाचेटसँगै रिलिज हुँदैछ ।

यी दुबै सिनेमा रिलिज भएको ४ दिनपछि बलिउडको ठूलो फिल्म ठग्स अफ हिन्दुस्तान रिलिज हुँदैछ । तर, यसपटक दुई निर्माता फिल्म प्रचारमा सुस्ताएका मात्र छैनन्, गलेका छन् । कमसेकम फिल्म बनाएपछि दर्शकले थाहा त पाउनुपर्यो नी ?
For More videos Log on to Mazzako TV







