विराजले ‘सांग्लो’बाट निर्देशनमा डेब्यु गर्दै
नेपाली सिनेमाका एक ताकाका जल्दा बल्दा एक्सन स्टार विराज भट्ट पछिल्लो समय भोजपुरी फिल्मको मार्केटमा मज्जाले जमेका छन् । उनै अभिनेता अब आफ्नो परिचय फराकिलो बनाउँदै फिल्म निर्माण र निर्देशनमा डेब्यु गर्दैछन् । विराज कलाकारको हिसाबले भोजपुरी फिल्ममै ब्यस्त भएपनी नेपाली फिल्मबाट निर्देशनको यात्रा सुरु गर्न लागेका हुन् ।
हाल अभिनेता भट्ट नेपालमा छन् । गएको दुई वर्ष अगाडि उनले रोज राणा निर्देशित फिल्म ‘जय परशुराम’ बाट नेपाली फिल्ममा कमब्याक गरेका थिए । त्यसअघि उनको व्यस्तता भोजपुरी फिल्ममा बढी थियो । नेपाली फिल्मलाई पनि निरन्तरता दिने उद्घोष गरेपनि त्यो बोेलीमै सीमित देखिएको थियो ।
गएको वर्ष उनले आफ्नै लगानीमा फिल्म ‘हर्के राजा’ बनाउने सामाजिक सञ्जालमार्फत् घोषणा गरेपनि त्यो निर्माण हुन सकेन । अब उनी आफ्नै निर्माण र निर्देशनमा नयाँ फिल्म बनाउन लागिपरेका छन् । फिल्मको नाम ‘सांग्लो’ जुराइएको छ । हालै उनले फिल्मको नाम चलचित्र विकास बोर्डमा दर्ता पनि गरेका छन् ।

नायकमा स्वयम विराज भएपनी नायिकाको खोजी भाई रहेको जानकारी छ । नायिकाको रुपमा अभिनेत्री द्वय साम्राज्ञी आरएल शाह र प्रियंका कार्कीसँग फिल्मको विषयमा अहिले कुरा भइरहेको खबर छ । केही अगाडि मात्र फिल्मको एक गीत रेकर्ड गराइएको थियो । मंसिरपछि छायांकन सुरु हुने एक्सन-लभस्टोरी फिल्मका लागि अहिले विराज कलाकार छान्ने काममा व्यस्त छन् ।
For More videos Log on to Mazzako TV







