पूजालाई नयाँ हिरो मोह
के अभिनेत्री पूजा शर्मा एकपटक काम गरिसकेका हिरोसँग काम गर्न रुचाउँदिनन् ? उनको काम गराइले यही कुरा प्रमाणित गरिरहेको छ । पूजाले काम गरेको चंखे शंखे पंखे र अझै पनिमा सुदर्शन थापा हिरो थिए । उनले सुदर्शन थापाले निर्देशन गरेको फिल्ममा मात्र काम गरिरहेकी छिन् । यो बाहेक पूजाले जोडी बनाउन नयाँ हिरो नै खोजेकी छिन् । प्रेमगीतमा पूजासँग प्रदिप खड्का देखिए ।

यी दुबैले यो फिल्मलाई स्टार बनायो । यसपछि, पूजाले म यस्तो गीत गाउँछुमा पल शाहसँग काम गरिन् । पललाई नी यो फिल्मले स्टार बनायो । यसपछि पूजाले रामकहानीमा आकाश श्रेष्ठसँग काम गरिन् । यो फिल्मले आकाशलाई स्टार बनायो । अब, पूजा सम्हालिन्छ कहिले मनमा नयाँ कलाकार सोनाम तोप्देनसँग काम गर्दैछिन् ।
सोनामको चर्चा फिल्म क्षेत्रमा सुरु भैसकेको छ । के पूजा नयाँ हिरोसँग मात्र काम गर्न चाहन्छिन् ? उनको काम गराइले यही देखाइरहेको छ ।
For More videos Log on to Mazzako TV








