कोर्ट म्यारिज गरेपछि किन गरे दिवाकर र दीपिकाले इन्गेजमेन्ट ?
निर्देशक दिवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाइले इन्गेजमेन्ट गरे । उनीहरुले बिहे गर्ने पनि बताइसकेका छन् ।
तर, यी दुइको बारेमा एउटा कुरा सबैलाई थाहा नहुन पनि सक्छ । दिवाकर र दीपिकाले कागजी बिहे भने गरिसकेका छन् । अदालतमा गएर उनीहरुले कागजी बिहे गरिसकेका छन् । उनीहरुले फिल्म ऐश्वर्यको छायांकन सकिएपछि नै कोर्ट म्यारिज गरेका हुन् । उनीहरुले ४ बर्षदेखिको प्रेमलाई शनिबार मात्र स्विकार गरेका हुन् ।

दिपिकालाई नै दिवाकरले ऐश्वर्य फिल्ममा ल्याएका हुन् । उनीहरुले एक अर्कालाई पहिलेदेखि नै मन पराएका थिए । तर, प्रेम व्यक्त गर्न सकेका थिएनन् । पछि प्रेम भएको महशुश भएपछि दुइले प्रेम व्यक्त गरेका थिए । दिपिका र दिवाकर इन्गेजमेन्ट गरेको खबर सार्वजनिक गरेर थाइल्याण्ड उडेका छन् ।








