अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले नयाँ फिल्म साइन गरेकी छैनन् । नयाँ सिनेमा साइन नगरेपनि उनले आफूलाई फिट राख्नका लागि कसर भने बाँकी राखेकी छैनन् । साम्राज्ञी राज्यलक्ष्मी शाहको फिगरलाई लिएर विभिन्न खालका कमेन्ट पनि हुन्छन् । कोही उनलाई दुब्ली लाग्छ त कोही स्लिम । साम्राज्ञी भने आफूलाई फिट राख्नका लागि सधै नै कसरत गर्छिन् ।


दशैको समयमा साम्राज्ञीले खानेकुरामा कन्ट्रोल गरिनन् । यसैले पनि अब उनलाई शरीर घटाउनुपर्ने दबाब बढेको छ ।
अब उनी जिम जाने जानकारी आफ्ना फ्यानलाई दिइरहेकी छिन् । खाना धेरै भयो अब जीम भन्दै साम्राज्ञीले आफू फिट रहनका लागि सधै नै तत्पर रहेको उल्लेख गरेकी छिन् । साम्राज्ञीलाई फिल्म खेलाउन त निर्माताले चाहन्छन् । तर, उनलाई फिल्म खेलाउन सजिलो भने छैन । उनी अभिनित फिल्म इन्टु मिन्टु लण्डनमा केही हप्ता मात्र हलमा लागेको थियो । सिनेमाले औषत कमाई गरेको छ ।

For More videos Log on to Mazzako TV