निर्देशक दीवाकर भट्टराई र अभिनेत्री दीपिका प्रसाईँ आफु हरु बिचको प्रेम सम्बन्धको बारेमा नकार्दै आएपनि अन्ततः दुबैले प्रेम स्वीकार गरेका छन् । दीपावलीको छेकोमा आएर उनिहरुले आफु हरु प्रेममा रहेको कुरा मात्र होईन इन्गेजमेन्ट समेत गरिसकेको कुरा सार्वजनिक गरेका छन् । इन्गेजमेन्ट भने केही हप्ता अगाडि मात्र भएको हो ।

दीपिकालाई दीवाकरले नै फिल्म क्षेत्रमा भित्र्याएका हुन् । अब घरमा भने मंसिरपछि मात्र भित्र्याउने दीवाकर बताउँछन्।
अहिले दीपिका अभिनीत नयाँ फिल्म ‘छक्का पञ्जा ३’ प्रदर्शन भइरहेको छ । दीवाकर निर्देशित नयाँ फिल्म ‘क्याप्टेन’ शिवरात्रीको नजिक पारेर रिलिज हुँदैछ, जसमा अनमोल केसी मुख्य भूमिकामा छन् । दीपिका र दीवाकर ‘ऐश्वर्य’ को सेटबाट एकअर्कासँग नजिक भएको बुझिएको छ ।

दुबैले एकै समयमा आ-आफ्नो आधिकारिक फेसबुकमा एकअर्काको अंगालोमा बाँधिएको तश्बिर राख्दै प्रेममा रहेको कुरालाई पुष्टि गरेका हुन् । दीपिकाले तश्बिरसँगै क्याप्सनमा लेखेकी छन्, ‘र उहाँ मेरो लागि सँधै ♥ ।’ दीवाकरले पनि उनकै क्याप्सन कपी गरेका छन् र थप लेख्छन् “समय समयमा म आफैलाई चिमोट्नी गर्छु तिमीलाई पाएको मा । तिमी मेरो समपना थियौ पुरा भयौ.. ।”

For More videos Log on to Mazzako TV