प्रेमीको भिडियोबाट निर्देशक बनिन् केकी
अभिनेत्री केकी अधिकारीले कोहलपुर एक्सप्रेस सिनेमा निर्माण गरिसकेकी छिन् । यो सिनेमाबाट उनी निर्मात्री बनिन् । अब, उनी निर्देशक पनि बनेकी छिन् । तर, केकी फिल्मको होइन म्यूजिक भिडियोको निर्देशक बनेकी हुन् ।

उनले गायक आर्जन पाण्डेको स्वरमा समावेश एक गीतको भिडियो तयार पारेकी छिन् । आर्जन पाण्डे केकीको प्रेमी रहेको चर्चा सिने बजारमा चल्ने गरेको छ । तर, दुबैले एक अर्काको प्रेम स्विकार भने गरेका छैनन् । केकी अधिकारीले सिनेमा पनि निर्देशन गर्ने सोच लामो समयदेखि बनाउँदै आएकी हुन् ।
यसैले म्यूजिक भिडियोबाट नै उदाएकी र म्यूजिक भिडियोमा नै चलेकी केकी भिडियो निर्देशनबाट नै आफूलाई निर्देशनमा ल्याउन चाहन्छिन् । उनलाई भिडियो लक जो लाग्ने गरेको छ ।
For More videos Log on to Mazzako TV








