नेपाली फिल्ममा अभिनेत्री प्रियंका कार्कीको आलोचना र प्रशंसा दुबै हुन्छ । संचारमाध्यममा पनि प्रियंकाको नाम आलोचना र प्रशंसा दुबै तरिकाले छाउने गर्छ । नेपाली संचारमाध्यममा सर्बाधिक धेरै बहसको पात्र बन्ने गर्छिन् प्रियंका ।

प्रियंका कार्की अहिले आलोचनालाई सहजै पचाउने भएकी छिन् । उनलाई आलोचनासँग खासै मतलव छैन । किनकी, आलोचना जति भएपनि उनी नेपाली फिल्ममा व्यस्त छिन् । प्रियंका कार्कीलाई कसले के भन्छ सुनेर बस्नु हुँदैन भन्ने लाग्छ ।

तर, आफूले भने हिजो भन्दा आज अझै राम्रो काम गर्नुपर्छ भन्ने उनको वुझाई छ । सायद, आलोचनाबाट वाक्क भएर पनि हुनसक्छ उनले अचेल अरुको कुरा सुन्न छाडेर आफू राम्रो काम गरौ भन्ने नीति अपनाउन थालेकी छिन् ।

For More videos Log on to Mazzako TV