अनमोल र दिपक एकसाथ आए के होला ?
अभिनेता अनमोल केसी र दिपकराज गिरी एकसाथ फिल्म खेले भने के होला ? के यो संभव होला ? अनमोल केसी अहिलेका युवास्टार हुन् । दिपकराज गिरी ब्याक टू ब्याक ५ वटा हिट दिएर सिनेमा क्षेत्रको नम्बर १ निर्माता र कलाकार बनिसकेका छन् । यसैले पनि दुई सुपरस्टारलाई एकसाथ पर्दामा ल्याउँदा के होला ?
यो बिषयमा कुराकानी समेत सुरु भएको छ । वितरक मनोज राठीले अनमोल र दिपकलाई एकसाथ सिनेमा खेल्नका लागि अफर गरेका छन् । यो कुरा दिपक र अभिनेता भूवन केसीले पनि स्विकार गरेका छन् । मनोज राठीले प्रस्ताव गरेको बिषयमा अहिलेसम्म पहिलो चरणको कुरा मात्र भएको छ ।
तर, यसलाई अगाडि बढाउने बिषयमा दिपकराज गिरी र अनमोल केसीको टिम सहमत छ । यदि यस्तो भएको खण्डमा छक्का पन्जा टिम र अनमोल केसीको टिम एकसाथ पर्दामा देखिनेछन् । अनमोल र दिपकराज गिरी एकसाथ फिल्ममा देखिए भए भने के होला ? पक्कै हलमा दर्शकको भीड लाग्नेछ ।
For More videos Log on to Mazzako TV