दिपेन्द्र के खनाल निर्देशित फिल्म ‘चङ्गा चेट’ को रिलिज हुन एक साता बाँकी रहँदा निर्माण पक्षले फिल्मका पोस्टर सार्वजनिक गरेको छ । फिल्मका गीत तथा ट्रेलरले मज्जाको प्रतिक्रिया पाइसकेको छ । फिल्मको ‘गोजिमा दाम छैन’ बोलको गीतले यूट्युबमा करोड बढि भ्यूज पाइसकेको छ । कात्तिक १६ गतेबाट रिलिज हुने फिल्मका सार्वजनिक पोस्टरमा फिल्म भित्रको कथावस्तु चित्रण गर्न खोजीएको ।

फिल्मलाई माधव वाग्ले र शर्मिला पाण्डेले संयुक्त रुपमा निर्माण गरेका हुन् । फिल्ममा प्रियंका कार्की, आयुष्मान देशराज जोशी, सुरक्षा पन्त, रविन्द्र झा, सन्दिप क्षेत्री, परमिता आरएल राणा लगायतको अभिनय रहेको छ, भने निश्चल बस्नेत, बेनिशा हमाल र रीचा शर्मा अतिथि भुमिकामा देखिनेछन् ।

प्रदीप भारद्वाजको पटकथा तथा संवाद, अर्जुन पोखरेलसँगै राजनराज सिवाकोटीको संगीत, सुर्य थोकरको द्वन्द, निरक कँडेलको छायांकन रहेको फिल्म दीर्घ खड्काको सम्पादन गरेका हुन् ।

 

For More videos Log on to Mazzako TV