‘मालिका’ मा रेखा र कमलाको एक्शन अवतार

अभिनेत्री रेखा थापाको फिल्म ‘मालिका’ यहि कात्तिक १६ गतेबाट अलनेपाल सार्वजनिक प्रदर्शनमा आउँदैछ । रिलिज मिति नजिकै जादा निर्माण टिम अर्काे प्रचार सामाग्री बाहिर ल्याएको छ । प्रचार सामाग्रीको रुपमा नयाँ पोष्टर सार्वजनिक हो । सार्वजनिक भएका पोष्टरमा फिल्मकी मुख्य कलाकार रेखा र कमला वली फिचर्ड छन् ।

उनीहरु एक्शन अवतारमा देखिएका छन् । रेखा आँफैले निर्देशन गरेको यो चलचित्रमा नारी विभेदलाई समेटीएको छ । नरबहादुर कार्कीको लगानी रहेको फिल्ममा सरस्वती थापा र तारा थापा समेत निर्माताको रुपमा रहेका छन् ।

फिल्ममा कर्णालीकी कमला वलीले रेखालाई साथ दिएकी छिन् भने रेखाले कमलालाई आफ्नो फिल्मको हिरोको रुपमा प्रस्तुत गराएकी छन् । रेखा फिल्मको ब्यानरमा निर्माण भएको फिल्ममा रामशरण उप्रेतीको छायांकन, शिवम अधिकारीको पटकथा रहेको छ भने फिल्मको कथा तथा कन्सेप्ट रेखा थापा र नर बहादुर कार्कीको हो ।
For More videos Log on to Mazzako TV







