कस्तो छ जय भोलेको कमाई ?
निर्माता तथा निर्देशक अशोक शर्माले आफूले बनाएको सिनेमा जय भोलेले नाफा कमाउन थालेको दाबी गरेका छन् । जय भोले दशैंको फूलपातिबाट रिलिज भएको थियो । यो सिनेमाले एक हप्तामा नेपालभरबाट ३ करोड ग्रस कलेक्शन गरेको दाबी अशोकले पत्रकार सम्मेलनको आयोजना गरेर गरेका छन् ।

जय भोले अब नाफाको बाटोमा लागेको उनले बताएका छन् । उनले आफूले प्रस्तुत गरेको सिनेमाको व्यापारिक रिपोर्ट पारदर्शी भएको समेत दाबी गरेका छन् । अशोकले १२ बर्षपछि निर्देशन गरेको सिनेमामा खगेन्द्र लामिछाने, सौगात मल्ल, सलोन बस्नेत, स्वस्तिमा खड्काको मुख्य भूमिका छ ।
यस्तै, अशोकले अब रातो टिका निधारमा बनाउने समेत घोषणा गरेका छन् । उनको यो सिनेमाको रिलिज अर्को बर्षको दशैंमा हुनेछ ।
For More videos Log on to Mazzako TV







