छक्का पन्जा ३ ले तोड्यो छक्का पन्जा २ को रेकर्ड
दशैंको घटस्थापनादेखि रिलिज भएको फिल्म छक्का पन्जा ३ले गतबर्ष छक्का पन्जा २ ले बनाएको रेकर्ड तोडेको छ । यो सिनेमाले नेपाली बक्स अफिसमा रिलिज भएको २ सातामा १३ करोड ६० लाख रुपैयाँ कमाएको निर्माता दिपकराज गिरीले बताएका छन् ।

सिनेमाले आज छक्का पन्जा २ को रेकर्ड तोडेको छ । छक्का पन्जा २ ले नेपाली बक्स अफिसमा १४ करोड ग्रस कलेक्शन गरेको थियो । सो रेकर्ड तोड्दै छक्का पन्जा ३ अब छक्का पन्जाले बनाएको १६ करोडको रेकर्ड तोड्ने बाटोमा लागेको छ । दिपकराज गिरी, केदार घिमिरे, दीपिका प्रसाई, जितु नेपालको मुख्य भूमिका रहेको यो सिनेमा अझै लामो समय चल्ने बाटोमा छ ।
दीपाश्री निरौलाले यो सिनेमाको निर्देशन गरेकी हुन् । योसँगै सर्वाधिक कमाउने सिनेमाको तीनवटै सूचीमा छक्का पन्जाको ३ सिरिज परेका छन् ।
For More videos Log on to Mazzako TV








