असार २९ गतेबाट रिलिज भएको सिनेमा बोबी हेर्ने मध्ये एक जनाले नर्वे घुम्ने अवसर पाएका छन् । झापाका राज लिम्बुले नर्वे जाने अवसर पाएका हुन् । राजधानीमा आयोजित लक्की ड्र मार्फत विजेता चुनिएको हो ।

हलमा पुग्ने दर्शकले टिकटसँगै भरेको फर्मको आधारमा लक्की ड्र गरिएको थियो । मिलन चाम्सको निर्देशनमा तयार भएको यो सिनेमामा उमेश थापा र कविता गुरुङको मुख्य भूमिका छ । उमेश र कविताको वास्तविक प्रेमकथामा यो सिनेमा बनेको हो ।

कार्यक्रममा कविता मात्र उपस्थित थिइन् । उनले, आफूहरुले दर्शकसँग गरेको वाचा पुरा गरेको बताइन् । यो सिनेमा अहिले विभिन्न देशमा चलिरहेको छ । सिनेमाले नेपाल बाहिर पनि राम्रो दर्शक बटुलिरहेको छ ।

For More videos Log on to Mazzako TV