पछिल्लो समयको नेपाली चलचित्र को ट्रेन्ड्- फिल्म चलोस नचलोस केक काट्ने र करोड क्लब को नाम दिने । यो ट्रेन्ड मा धेरै निर्मताहरु लालाहित देखिन्छन् आफ्नो चलचित्रको नाम अटाउन ।

तर नेपाली चलचित्र जगतको अहिले सम्मको सर्वाधिक सफल मानिएको फिल्मी सिरिज “छक्का-पन्जा”को पाचौँ सिरिज ‘छक्का पन्जा-३’ सम्म आइ पुग्दा भने यो ट्रेन्डमा नअटाउने भएको छ ।

दिपकराज गिरीले बिहीवार आफ्नो फेसबुकमा स्टाटस राख्दै करोड कमाउने कुरा लाई आफुहरुले प्राथमिकतामा नराखेको बताएका छन्।उनको स्टाटस यस किसिमको ट्रेन्डमा अटाउन तछाड माछाड गर्ने चलचित्र र त्यसका निर्माण टिम प्रतीको ब्यङ्य देखिन्छ ।

उनी लेख्छन्,
दुइ वटा “क” लाइ यस पटक प्राथमिकता दिइएन
१) करोडका कुरा
२) केक काटिहाल्ने कुरा

रिलिज भएको २ साता आइपुग्दा छक्का पन्जा-३ को व्यापार भने करिब १३ करोडको अनुमान छ ।

For More videos Log on to Mazzako TV