साम्राज्ञीलाई चाहियो नयाँ फिल्म
अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहका लागि नयाँ सिनेमा चाहिएको छ । दैनिक एउटा सिनेमाको अफर आएतापनि स्विकार नगर्दा अहिले साम्राज्ञी खाली बसेकी छिन् । यो बर्ष उनले अभिनय गरेका २ लभस्टोरी सिनेमा रिलिज भएका छन् ।
साम्राज्ञीले अभिनय गरेको कायरा र इन्टु मिन्टु लण्डनमा यो बर्ष रिलिज भएका हुन् । साम्राज्ञीले लगातार लभ स्टोरी सिनेमामा मात्र काम गर्दा उनलाई फरक भूमिका गर्न नसकेको आरोप लाग्न थालेको छ । यही भएर पनि साम्राज्ञीले नयाँ सिनेमामा केही फरक भूमिका खोजेको हुनुपर्छ ।
साम्राज्ञीले अहिलेसम्म नयाँ सिनेमामा संझौता पनि गरेकी छैनन् । यसैले पनि उनको नयाँ फिल्मको सुटिङ कहिले हुन्छ र कहिले रिलिज हुन्छ भन्न सकिने अवस्था छैन । यो बर्ष लगातार २ सिनेमा रिलिज भएकाले पनि साम्राज्ञीले केही समय ग्याप लिन खोजेको हुनुपर्छ ।
For More videos Log on to Mazzako TV