सम्हालिन्छ कहिले मनमा पूजासँगै सोनम
सुदर्शन थापाले रामकहानी निर्देशनपछि अब नयाँ फिल्मको तयारी गरेका छन् । सुदर्शनले निर्देशन गर्ने सिनेमाको नाम सम्हालिन्छ कहिले मन हो । यो सिनेमाको अहिले गीत रेकडिङ भैरहेको छ । अर्जुन पोखरलले यो सिनेमामा संगीत भर्दैछन् ।

यो सिनेमाका लागि भारतीय मुलका तिब्बतियन गायक सोनम थोप्देनलाई हिरोको रुपमा लिने तयारी गरिएको छ । थोप्देनले गाएको कभर गीतहरु युटुबमा सर्वाधिक चर्चित छन् । उनले गाएको बलिउड फिल्म जब ह्यारी मेट सेजलको हवाए बोलको गीतलाई त ३८ लाख भन्दा बढी भ्यूज मिलेको छ । उनी यूवापुस्तामा निकै लोकप्रिय छन् ।
अहिले कन्सर्टका लागि पेरिसमा रहेका थोप्देन नेपाल आएपछि यो सिनेमामा संझौता गर्नेछन् ।
For More videos Log on to Mazzako TV







