‘जय भोले’ लाई पुर्वका दर्शकको माया, निर्देशक शर्माको मुहारमा हाँसो (फोटो)

यो सालको फुलपातीको अवशरमा प्रर्दशनमा आएको फिल्म ‘जय भोले’ ले मज्जाको ब्यापार गरेको छ । देशै भरि राम्रो ब्यापार भएको निर्देशक अशोक शर्माले बताए । सोमबार निर्देशक शर्मा पुर्वका बिभिन्न हलमाहरुमा दर्शक प्रतिक्रिया लिन पुगे । पुर्वका दर्शकबाट मज्जाको माया पाएको उनले बताए ।

देशैभरि फिल्मले हाउसपफुलको ब्यापार गरिरहेको निर्देशकले बताए । ’जय भोले’ सकिएसँगै स्क्रिनमा फिल्म ’रातो टीका निधारमा’ घोषणा हुन्छ । दशैँ बिशेष एक डिजाईन देखाउँदै भनिएको छ, ’अशोक शर्माको रातो टीका निधारमा २०७६ को दशैँमा’ । यसअघि यो फिल्मको बारेमा अशोकले खुलाएका थिएनन् । फिल्म रिलीज मिति तोकिएपनि अन्य जानकारी भने खुलाईएको छैन ।

भर्सटायल अभिनेताको छवि बनाएका खगेन्द्र लामिछाने, सौगात मल्ल, स्वस्तिमा खड्का, बुद्दि तामाङ्ग, सलोन बस्नेत लगायतको अभिनय रहेको ’जय भोले’ गत मंगलवार देखी देशैभर चलिरहेको छ । फिल्मले युवा साथीबीचको भावनात्मक मित्रता र प्रेम भन्छ ।









