घटस्थापनाको दिनबाट रिलिज भएको सिनेमा छक्का पन्जा ३ ले दर्शकको उस्तै माया पाइरहेको छ । यो सिनेमाले रिलिजको दिनदेखि आजसम्म उस्तै माया पाउँदा व्यापारिक रुपमा पनि नयाँ छलाङ मारिरहेको छ । यो सिनेमालाई फूलपातिबाट रिलिज भएको सिनेमा जय भोलेले पनि कुनै असर गरेको छैन । छक्का पन्जा ३ ले रिलिज भएको करिब २ सातामा बक्स अफिसमा गज्जबको व्यापार गरेको छ ।

रिलिज भएको १२ दिनमा सिनेमाको व्यापार ११ करोड हारहारीमा पुगेको निर्माता दिपकराज गिरीले जानकारी दिएका छन् । दिपकराज गिरीका अनुसार सिनेमाको कमाइलाई औषतमा हेर्ने हो भने दिनको १ करोड छ । सिनेमाले छक्का पन्जाको रेकर्ड तोड्ने अड्कल लगाउन थालिएको छ । दिपकराज गिरीले यही स्पिडमा सिनेमा गएको खण्डमा तिहार अगावै सिनेमाले छक्का पन्जाको १६ करोडको रेकर्ड तोड्ने बताएका छन् ।

यसपटक दर्शकले सिनेमाको कथावस्तुलाई बढी मन पराएका कारण सिनेमाको व्यापार राम्रो देखिएको हो । दीपाश्री निरौलाले निर्देशन गरेको यो सिनेमामा दिपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, विल्सन विक्रम राई, दीपिका प्रसाई मुख्य भूमिकामा छन् ।

For More videos Log on to Mazzako TV