अभिनेता पल शाहले नयाँ फिल्म साइन गरेका छन् । उनले साइन गरेको नयाँ सिनेमाको नाम हृदय भरी राखिएको छ । पलले फूलपातिको दिनमा यो सिनेमा साइन गरेका हुन् । यो सिनेमालाई सुरज सुब्बा नाल्बोले लेखन तथा निर्देशन गर्दैछन् । चैत्रबाट यो सिनेमाको छायांकन सुरु हुँदैछ ।

सिनेमाका लागि नयाँ हिरोइनको खोजी गरिएको छ । यसपटक पलका लागि नयाँ हिरोइन हुने निर्देशक नाल्बोले जानकारी दिएका छन् । पल शाहले फिल्म शत्रु गते रिलिजपछि नयाँ सिनेमा साइन गरेका थिएनन् । उनले यो सिनेमाका लागि महंगो पारिश्रमिक पनि लिएका छन् । पलले २० लाख पारिश्रमिक लिएर सिनेमा साइन गरेको चर्चा छ ।

सिनेमालाई रोमान्टिक जनरामा बनाउने तयारी गरिएको छ । सिनेमालाई शाह प्रोडक्शनको ब्यानरमा बनाइनेछ । चन्दन शाह र सौरभ विश्वासले यो सिनेमा निर्माण गर्न लागेका हुन् ।

For More videos Log on to Mazzako TV