फिल्म प्रसादको ‘बनकी चरी’ बोलको गीत सार्वजनिक भएको छ । रुपक डोटेल र अन्जु पन्तको आवाजमा रिलिज भएको यो गीत दोहोरी शैलीमा छ । गीतको भिडियोमा सिनेमाका मुख्य कलाकार विपिन कार्की र निश्चल बस्नेतले अभिनय गरेका छन् । साथमा मोडल अन्जली अधिकारीलाई पनि गीतमा देख्न सकिन्छ ।

यो सिनेमा मंसिर २१ गतेबाट रिलिज हुँदैछ । सिनेमाको पहिलो गीत हिट छ । दिनेश राउतको निर्देशनमा तयार भएको यो सिनेमाले निसन्ता दम्पत्तीको कथालाई उठान गरेको छ । सिनेमाको गीत राम्रो भएकाले पनि फिल्मको व्यापारमा फरक पर्न सक्छ ।

सिनेमामा विपिन कार्की, नम्रता श्रेष्ठ, निश्चल बस्नेत मुख्य भूमिकामा छन् । सुभाष थापा सिनेमाका निर्माता हुन् ।

For More videos Log on to Mazzako TV