ओपनिङमै नयाँ रेकर्ड राखेको सिनेमा ‘छक्का पन्जा ३’ ले शनिबार नयाँ रेकर्ड राखेको छ । शनिबार यो सिनेमाले देशभरका हलबाट १ करोड ६० लाख भन्दा बढी कमाएको छ । यो सर्वाधिक कमाई गर्ने सिनेमाको रेकर्ड हो । यसअघि कुनै पनि सिनेमाले एक दिनमा यति धेरै ग्रस कलेक्शन गर्न सकेको थिएन ।


छक्का पन्जाले ४ दिनमा ४ करोड भन्दा बढी ग्रस कलेक्शन गरेको छ । बुधबार १ करोड ३० लाख, बिहिबार ८० लाख, आइतबार ७० लाख माथि र शनिबार १ करोड ६० लाख माथिको व्यापार सिनेमाले गरेको छ ।


यसरी हेर्दा, सिनेमाले निर्माताको लगानी नेपालबाट नै ४ दिनमा सुरक्षित गरिदिएको छ । विदेश राइट्स, डिजिटल राइट्स लगायतको आम्दानीले निर्माताले रिलिज अगावै १ करोड भन्दा बढी कमाई गरिसकेका थिए । मंगलबार पर्ने दशैको लामो बिदाले सिनेमाले अझ राम्रो कमाई गर्ने अड्कल लगाइएको छ ।

दीपाश्री निरौलाले यो सिनेमासँगै ब्लकबस्टर सिनेमा निर्देशनमा ह्याट्रिक समेत गरेकी छिन् ।

For More videos Log on to Mazzako TV