अभिनेता प्रदिप खड्का र अभिनेत्री जसिता गुरुङको मुख्य भूमिका रहेको सिनेमा लभ स्टेशनको आधा प्रतिशत छायांकन सकिएको जानकारी गराइएको छ । असोज ११ गतेबाट सिनेमाको छायांकन दार्जिलिङमा भैरहेको छ । निर्माता गोविन्द शाहीका अनुसार २ वटा गीत सहित सिनेमाको ५० प्रतिशत छायांकन सकिएको छ ।

फिल्ममा प्रदीप र जसितासँगै रमेश बुढाथोकी, प्रकाश शाह, रेशु भट्टराई, बिनोद कुमार पौड्याल, प्रिया रिजाल, सरु बिष्ट, रवी डंगोल, दिनेश काफ्ले, कालु राना सहितको अभिनय छ । लभ स्टेसन फिल्मको चलचित्रको निर्देशन उज्ज्वल घिमिरेले गरेका हुन् । फिल्म भित्र लभ स्टेशन विशेष ठाउँको नाम हुने निर्देशक उज्ज्वल घिमिरेले जानकारी दिएका छन् । अभिनेता प्रदीपले यो पारिवारिक प्रेमकथामा आधारित रहेकाले बिगतको सिनेमा भन्दा केही पृथक लभ स्टेशन बन्ने बताएका छन् ।

काम सोचे भन्दा धेरै राम्रो भएको र दार्जिलिङको सुन्दर दृष्यले फिल्म झनै राम्रो बनेको उनले बताए । यो फिल्मका प्रस्तुतकर्ता गोविन्द शाही हुन् । लभ स्टेशनलाई काफिया फिल्म्स्को व्यानरमा काफिया शाही (क्रिसु) र कविरबिक्रम शाहीले निर्माण गरेका हुन् । लभ स्टेशनको दार्जिलिङ र कालिङपोङ पछि सिक्किम, फिक्कल लगायतका स्थानमा सुटिङ गरिने छ ।

For More videos Log on to Mazzako TV