ए मेरो हजुर ३ मा अनमोल र सुहाना कस्तो देखिए ?
अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापाको मुख्य भूमिका रहेको फिल्म ए मेरो हजुर ३ को छायांकन प्रारम्भ भएको छ । दशैको घटस्थापनाको भोलीपल्टबाट यो सिनेमाको छायांकन त्रिभुवन विमानस्थलबाट सुरु भएको हो ।
सिनेमालाई पोखरामा पनि खिचिनेछ । सिनेमाको छायांकन सुरु भएसँगै यसको फस्टलुक र प्रदर्शन मिति सार्वजनिक गरिएको छ । फस्टलुकमा अनमोल र सुहाना म्यूजिकल प्रेममा डुबेका छन् । अनमोल यो सिनेमामा संगीत क्षेत्रमा लागेको यूवाको भूमिकामा छन् । म्यूजिकल लभस्टोरी कथामा यो सिनेमा बन्दैछ । झरना थापाको निर्देशनमा तयार हुने यो सिनेमालाई सुनिल कुमार थापाले निर्माण गर्दैछन् ।
यो सिनेमालाई चैत्र २९ गते रिलिज गर्ने पक्क्का गरिएको छ । नयाँ बर्षको अवसर पारेर रिलिज हुन लागेको यो सिनेमाले ३ दिनको बिदा पाएको छ ।
For More videos Log on to Mazzako TV