बर्षालाई विपिनकी श्रीमति बन्दा नै मज्जा
अभिनेत्री बर्षा राउतको फिल्मी करिअर बदलिएको छ । नाई नभन्नु ल ४ मा चकलेटी अभिनेतासँग काम गरेकी बर्षाले त्यसपछि आफ्नो जोडी बदलिन् । उनी अहिले दिपकराज गिरी, जितु नेपाल, विपिन कार्की लगायतका कलाकारको जोडी बन्न लागिपरेकी छिन् । र यी कलाकारको जोडी बन्दा उनी सफल पनि छिन् ।

यसैले पनि बर्षा राउतले यो उमेरमा नै जोडी परिवर्तन गरेको देखिन्छ । बर्षा राउतको जोडीको रुपमा ह्याट्रिक त अभिनेता विपिन कार्कीले गरेका छन् । विपिनले बर्षासँग जात्रा, जात्रै जात्रा र गोपिमा काम गरेका छन् । यी तिनै सिनेमामा विपिनसँग काम गर्न पाउँदा बर्षा खुशी पनि छिन् । जात्रामा बर्षा विपिनकी श्रीमति थिइन् ।
जात्रै जात्रामा पनि उनी श्रीमति बन्न पाउँदा खुशी छिन् । विपिन र बर्षा र पर्दाका मात्र मिल्ने साथी होइनन् । बाहिर पनि उनीहरु खुबै मिल्छन् । यो जोडीलाई दर्शकले रुचाउन पनि थालेका छन् ।
For More videos Log on to Mazzako TV







