‘छक्का पन्जा ३’ को बम्पर ओपनिङ
वुधबारदेखि रिलिज भएको सिनेमा छक्का पन्जा ३ ले पहिलो दिनमा बम्पर कमाई गरेको छ । यो नन होलिडे डेका लागि नयाँ रेकर्ड हो । सिनेमाले राजधानी र राजधानी बाहिर उस्तै कारोबार गरेको छ । सिनेमाको व्यापार राजधानीमा ७० लाख माथि छ ।
राजधानी बाहिर पनि सिनेमाले ६० लाख माथिको कारोबार गरेको छ । सिनेमाले पहिलो दिनमा नै करिब १ करोड ३० लाख ग्रस कलेक्शन गरेको छ । यो बिदा नहुँदा रिलिज भएका सिनेमाको लागि नयाँ रेकर्ड नै हो । राजधानीका सबैजसो मल्टिप्लेक्स र सिंगल हलमा सिनेमाको व्यापार बम्पर थियो । अब यो सिनेमाले शनिबार यो भन्दा माथिको कारोबार गर्ने अनुमान गरिएको छ ।
बिहिबार पनि सिनेमाको व्यापार राम्रो छ । वर्ड अफ माउथका कारण सिनेमा हेर्ने दर्शक बढ्ने निर्माता दिपकराज गिरी बताउँछन् ।
For More videos Log on to Mazzako TV