कात्तिक ११ गते छायांकनमा जाने फिल्म जात्रै जात्राको घोषणा भएको छ । यो सिनेमा फागूणको १७ गते रिलिज हुँदैछ । रविन्द्र सिंह बाँनिया कार्यकारी निर्माता रहने सिनेमाको लेखन तथा निर्देशन प्रदिप भट्टराइले गर्दैछन् ।

सिनेमामा शिवराम श्रेष्ठको छायांकन, मित्र डी गुरुङको सम्पादन रहनेछ । सिनेमामा विपिन कार्की, बर्षा राउत, रविन्द्र सिंह बानियाँ, रविन्द्र झा लगायतका कलाकारलाई देख्न सकिनेछ । यसपटक सिनेमाको कथा पैसाको मात्र नहुने निर्देशक प्रदिपले जानकारी दिए ।

यस्तै, कार्यकारी निर्माता बानियाँले जात्राको भन्दा पनि राम्रो कथा पाएपछि आफूहरु जात्रै जात्रा बनाउन तयार भएको बताए । सिनेमामा सिंगे लामा र यादव पौडेलको लगानी रहनेछ ।

For More videos Log on to Mazzako TV