छक्का पन्जा ३ को मज्जाको सुरुवात
आजबाट रिलिजमा आएको फिल्म छक्का पन्जा ३ ले हलमा मज्जाको सुरुवात गरेको छ । सरकारी विद्यालयमा हुने गरेको राजनीतिको कथालाई यो सिनेमाले उठाएको छ । सिनेमाको कथावस्तुलाई दर्शकले यसपटक मन पराएका छन् ।
सिनेमाले बुधबार बिहानैदेखि राम्रो कमाई गरिरहेको छ । हलमा दर्शकको संख्या बढिरहेको छ । राजधानीका मल्टिप्लेक्स हलमा त दर्शकले वुधबार टिकट पाउन धौ धौ नै परेको छ । अधिकांश शोजहरु सोल्ड आउट हुँदा दर्शकले बिहिबारका लागि पर्खिनुपर्ने छ । राजधानीको गोपिकृष्ण हलमा पनि बिहान ४ पर्दा हाउसफूल भएका थिए । सिंगल हल र मल्टिप्लेक्समा बिहान शो ९० प्रतिशतको अकुपेन्सीमा भएतापनि दिवा र रात्री शोजहरु भने शतप्रतिशत देखिएका छन् ।
निर्देशक दीपाश्री निरौलाले यसपटक सिनेमामा बिषयवस्तुलाई बढी स्थान दिएको बताएकी छिन् । यसैले पनि दर्शकले राम्रो प्रतिक्रिया दिएको उनको भनाई छ । राजधानी बाहिरका हलमा पनि सिनेमाको व्यापार आकर्षक छ ।
For More videos Log on to Mazzako TV