‘छक्का पञ्जा ३’ पर्दामा, हेर्नुस मज्जाले
आज घटस्थापना, आजैबाट ‘छक्का पञ्जा ३’ पर्दामा आएको छ । यो फिल्मको दुई श्रृंखलाले बक्सअफिसमा सर्वाधिक कलेक्सनको रेकर्ड बनाएका थिए ।पहिलो सिरिजले नेपाली फिल्म इतिहासमै सर्वा्धिक कलेक्सन गर्दै १६ करोडको रेकर्ड बनाएको थियो भने दोस्रो सिरिजले प्रदर्शनको दश दिनमा १० करोडको कलेक्सन गरेको थियो ।

‘छक्का पञ्जा ३’ लाई आफ्नै अघिल्ला दुई फिल्मको कलेक्सन रेकर्ड ब्रेक गर्नुपर्ने चुनौती छ । सर्वा्धिक हलमा प्रदर्शनमा आएको यो फिल्मले मल्टिप्लेक्स हलमा अत्याधिक सोज पाएको छ । सबैभन्दा ठूलो क्युएफएक्स च्यानलमा मात्र फिल्मले ३० सोज हात पारेको छ । अन्य हलमा पनि सोज संख्या उच्च छ ।
फिल्मको ओपनिङलाई कमेडी जनरा, टिम र हिट फिल्मको सिक्वेलले भरपुर साथ दिन सक्नेछ । सम्भवतः यो वर्ष कमजोर देखिएको फिल्मी बजारलाई ‘छक्का पञ्जा ३’ ले चलायमान बनाउने छ । तेस्रो पटक दीपाश्री निरौलाले फिल्म निर्देशन गरेकी हुन् । फिल्ममा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, बुद्धि तामाङ, शिवहरि पौडेलको हास्यकलाकारको जम्बो टोलीसहित प्रियंका कार्की, स्वस्तिमा खड्का, बर्षा राउतलगायतको अभिनय रहेको छ । फिल्ममा यसपटक गम्भीर विषयवस्तु उठाइएको निर्माण टिमको भनाई छ ।
For More videos Log on to Mazzako TV








